गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा दुई जना यात्रुको मृत्यु

२८ चैत्र, काठमाण्डौ । चितवनमा गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा दुई जना यात्रुको मृत्यु भएको छ ।

आज विहान ९ बजे भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको थियो।

दुर्घटनामा अन्दाजी ४५ र ५५ वर्षका पुरुषहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका–१ बस्ने ४५ वर्षीय सूर्य खाती र भरतपुर–४ बस्ने ५० वर्षीय राजेन्द्र दमाई छन् ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

लमजुङको दोर्जि गाउँपालिका–३ वस्ने ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका–२ बस्ने १९ वर्षीय प्रदिप घिमिरेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको
छ ।

त्यस्तै, म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने ३५ वर्षका रमेश थापाको दुबै खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भरतपुर–६ बस्ने ४७ वर्षीया शारदा परियार, भरतपुर–२१ पार्वतिपुर बस्ने ४८ वर्षीया कुमारी बिक, भरतपुर–१९ शारदानगर बस्ने ३२ वर्षीया बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।