मुख्यमन्त्री गुरूङ सरकार बिरुद्ध तीन दल

२८ चैत्र, कास्की । केन्द्र सरकारको विकल्पमा जोडघटाउ र समीकरणको प्रयास चलिरहेको बेला प्रदेश सरकारमा पनि त्यसको प्रत्यक्ष असर पर्न गएको छ । ओली नेतृत्वको सरकारका प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गर्ने काँग्रेसको निर्णयसंगै आजभोलि ओली सरकारको विकल्पका रुपमा मुख्य तीन दल नेपाली काँग्रेस, नेकपा माओवादी र जसपाबीच सत्ता गठबन्धनका लागि अहिले केन्द्रमा छलफल गरी सहमतिको प्रयास भइरहेको छ । केन्द्रको प्रभाव प्रदेशमा पर्ने क्रममा गण्डकी प्रदेशमा सत्ता परिवर्तनको प्रास भइरहेको छ । माओवादी केन्द्रबाट मन्त्री रहेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रयास थालिएको छ ।

गण्डकीमा एमालेको २८ सिट छ । मुख्यमन्त्री गुरूङलाई अहिलेसम्म ३ सिट रहेको राष्ट्रिय जनमोर्चाले साथ दिएको छ । मुख्यमन्त्री गुरुङले पनि जनमोर्चाका सांसदलाई मन्त्रीको अफर दिएका छन् ।

केन्द्रमा जस्तै प्रदेशमा पनि कांग्रेसले नयाँ सरकार गठनको लागि पहल थाल्दै बैकल्पिक केन्द्रिय सदस्य कुमार खड्काको नेतृत्वमा वार्ता समिति बनाएको छ । कांग्रेससँग १५ सिटमात्रै रहेकाले नयाँ सरकार गठनका लागि एमाले इतरका सबै दलको साथ आवश्यक छ ।

‘यो सरकार विकल्प खोज्नुपर्छ भनेर हामी तीन दल कांग्रेस, माओवादी र जनता समाजवादी सहमत हुनुपर्छ ।
सत्तबाट बाहिरिएको माओवादी केन्द्रले पनि नयाँ सरकारका लागि संसदीय दलका नेता हरिबहादुर चुमानको नेतृत्वमा रहेको कार्यदललाई सक्रिय बनाएको छ ।

नेकपा फुटे संगै मुख्यमन्त्री गुरूङले विश्वासको मत लिनुपर्ने भए पनि आजसम्म त्यो हुन सकेको छैन । अबको दिनमा मुख्यमन्त्री गुरूङको सरकारको दिनगन्ती सुरु भएको पनि अनुमान लगाउन सकिन्छ ।