तीन हप्ताकी गर्भवती महिला पुनः भइन् गर्भवती, थाहा पाउनुस् कसरी जन्मिए दुई बच्चा

यो सुन्दा अचम्म लाग्छ होला । तर यो कुनै चमत्कारभन्दा कम होइन कि एक गर्भवती महिला पुनः दोस्रोपटक गर्भवती भइन् र उनले जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । अचम्मको कुरा के छ भने यी दुई एकसाथ त जन्मिए तर ती बच्चाहरु गर्भमा आउनुको समय भने भिन्न थियो । पहिल्यै गर्भवती यी महिलाको तीन हप्तापछि दोस्रो सन्तान गर्भमा बसेको थियो ।

रेबेका रोबर्ट र उनका श्रीमान् राइस वीवर थुप्रै वर्षदेखि सन्तानको चाहनामा थिए । अघिल्लो वर्ष फर्टिलिटी मेडिकेशनपछि डाक्टरले यी दुईलाई उनीहरु निकै छिटो आमा–बुवा बन्न लागेको खबर सुनाए । यद्यपि, यो जोडीलाई थाहा थिएन कि उनीहरुको यो खुसी अचानक दोब्बर हुनेछ ।

डाक्टरले रेबेकालाई तेस्रो अल्ट्रासाउन्डमा अर्को एउटा बच्चा भएको खबर दिए । उनीहरु निकै अचम्ममा थिए किनभने रेबेकाको गर्भमा पहिले नै १२ हप्ता अर्थात् तीन महिनाको भ्रुण हुर्किरहेको थियो ।

रेबेकाले सोसल मिडियामा एउटा पोस्टमार्फत् भनिन्, ‘शुभ प्रभात अमेरिका, वास्तवमा यो निकै अचम्मित गरिदिने किसिमको कुरा थियो । मेरो गर्भमा एकको साटो दुई सन्तान थिए । डाक्टरले मलाई दुई शिशुबीच तीन हप्ताको अन्तर थियो भन्ने जानकारी दिए । यो डाक्टरले पनि बुझ्न सकिरहेका थिएनन् ।

महिलाको यो अवस्था थाहा पाएर डाक्टर आफैं पनि अचम्ममा थिए । सुरुमा उनलाई यसबारे केही थाहा नै थिएन । रोयल युनाइटेड अस्पतालमा ‘प्रेग्नेन्सी एण्ड फिमेल रिप्रोडक्टिव’ का विशेषज्ञ तथा रेबेकाका डाक्टर डेविड वाकरले भने, ‘रेबेकाको गर्भावस्था एक दुर्लभ घटना हो । यस्तो कतिपटक भयो, यसबारे कुनै जानकारी छैन ।’

रेबेकाको गर्भावस्थालाई सुपरफेटेशनको रुपमा डायगनोस गरिएको थियो । एउटा यस्तो अवस्था जहाँ पहिलो गर्भावस्थाका बेला दोस्रो पटक गर्भवती भएको पत्ता लाग्यो । यो स्थितिमा अण्डाशयबाट भिन्न भिन्न समयमा अण्डा रिलिज भएको थियो । ’

डाक्टर डेभिड वाकरले भने, ‘पहिला म यो सोचेर हैरान थिएँ कि दोस्रो बच्चालाई मैले कसरी देखिनँ ? तर पछि थाहा भयो कि यो मेरो गल्ती थिएन । यो एउटा दुर्लभ गर्भावस्था थियो जहाँ रेबेकाका दुबै जुम्ल्याहा बच्चामा तीन हप्ताको अन्तर थियो । दुबै बच्चा हेर्दा पनि साना–ठूला थिए ।’

डाक्टरले एक समय त पछि गर्भमा बसेको बच्चालाई बचाउन नसकिने पनि बताएका थिए । तर रेबेकाले कुनै चमत्कार झैं अघिल्लो वर्ष सेप्टेम्बरमा एक छोरा नूह र एक छोरी रोसिललाई जन्म दिइन् ।

यद्यपि, रोसिलाई जन्मिएपछि ९५ दिनसम्म एनआइसीयूमा राखिएको थियो जबकी  नूहले तीन हप्ता एनआईसीयूमा बिताए । रेबेका आफ्ना दुई बच्चालाई सुपर ट्वीन्स भन्छिन् । उनीहरुलाई देखेर मलाई सधैं म भाग्यमानी छु भन्ने लाग्छ । रेबेकाको यो कहानी सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।