बैशाख १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर घटाउने तयारीमा

कदर समाचार
चैत्र २३ काठमाडौँ । कोरोना भाइरसले गर्दा नेपाललाई मात्र नभएर विश्व अर्थतन्त्रलाई धराप पारेपछि नेपालका बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । बैशाखदेखि लागू हुनेगरी ब्याजदरु घटाउने तयारीमा रहेको सिटिजन्स बैंकका सिईओ गणेशराज पोखरेलले बताए । यसका लागि सिटिजन्सले आजै बैठक बसेर ब्याजदर टुंगो लगाउने छ । पोखरेलले भने, ‘यतिखेर बाँच्यो भने बाँच्न सकिन्छ, हामीले अहिलेलाई हेर्नुपर्छ भनेर ब्याजदर घटाउने कुरा गरिरहेका छौ । आफू पनि बाँच्नु पर्यो उद्योग धन्दाहरु पनि बाँच्नु पर्यो र समाजलाई बचाउन पर्यो ।
खासगरी सँस्थागत निक्षेपको ब्याज घटाउन लागेको भन्दै उनले यसले ब्यापारीलाई पनि राहत दिने विश्वास व्यक्त गरे । अरु बैंकर्सले पनि ब्याजदर घटाउन बैंकहरुले आ—आफ्नै तरिकाले गृहकार्य गरिरहेको पाइएको छ । सम्भवत बैंशाख १ गतेबाट लागू हुने गरी सबै बैंकले निक्षेपको ब्याजदर घटाउने बुझिएको छ ।