पत्रकार महासंघ मतगणना जारी प्रगतिशिल लोकतान्त्रिक प्यानलको अग्रता सत्ता निकट प्यानल पछाडि, कहाँ–को विजयी अपडेट

नेपाल पत्रकार महासंघको बुधबार देशैभर एकसाथ सम्पन्न मतदानको मतगणना जारी रहेको छ । अधिकांश स्थानमा सत्ता निकट गठबन्धन र माओवादी–काँग्रेस निकट लोकतान्त्रिक–व्यवसायिक गठबन्धनको प्यानल चुनावी मैदानमा
थिए । हालसम्म प्राप्त प्रारम्भिक चुनावी नतिजाअनुसार लोकतान्त्रिक–व्यवसायिक गठबन्धन अगाडि देखिएको छ भने सत्ता निकट पत्रकारको गठबन्धन पछि परेको छ ।

यस्तै प्रारम्भिक नतिजाअनुसार केन्द्रमा विपुल पोखरेल प्यानलको अग्रता देखिएको छ भने निर्मला शर्मा प्यानल पछिपछि रहेको छ ।

रुपन्देही

महासंघ रुपन्देही शाखामा प्रगतिशिल लोकतान्त्रिक प्यानलका साझा उम्मेदवार रामराज पोख्रेलको समुह विजयी भएको छ । पोख्रेल नेतृत्वको समुहले प्रेस चौतारी समुहका दिनेश पाण्डेको समूहलाई पराजित गरेको हो ।

रुपन्देही अध्यक्षमा लोकतान्त्रिक प्यानलका पोखरेल १६३ मत ल्याएर निर्वाचित बनेका छन् । उनका प्रत्यासी साझा प्यानलका पाण्डेले १२० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षतर्फ पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकालले १९४ मत प्राप्त गरी  विजयी बन्दा उनका प्रत्यासी हेम बहादुर पछाई ‘दिपेश’ ले १०० मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपाध्यक्षतर्फ साझा प्यानलकी अमृता अनमोल विजयी भएकी छन् ।

अनमोलले १४९ मत प्राप्त गरेकी छन् भने प्रत्यासी लोकतान्त्रिक प्यानलकी सन्जु पौडेलले १४८ मत प्राप्त गरेकी छन् । त्यसैगरी लोकतान्त्रिक प्यानलका सञ्जय सौगात कोषाध्यक्षमा विजयी भएका छन् । उनले १५२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका दाबेदार स्वस्तिक  श्रेष्ठले १४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिव पदमा लोकतान्त्रिक प्यानलकै विनोद परियार १८५ मत प्राप्त गरी विजयी भएका छन् । साझा प्यानलका लक्ष्मण पोखरेलले ११० मत प्राप्त गरेका छन् ।

सहसचिवमा लोकतान्त्रिक प्यानलकै वीरेन्द्र कुँवर १६७ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी केशव भण्डारीले १२२ मत प्राप्त गरेका छन् । समावेशी महिला सह–सचिवमा लोकतान्त्रिक प्यानलकै माया केसी विजयी भएकी छन् । उनले १८५ मत प्राप्त गर्दा साझा प्यानलका गोबिन्द घर्तीले १०८ मत प्राप्त गरेका छन् ।

यस्तै खुल्ला सदस्यमा लोकतान्त्रिक प्यानलकै प्रदिप आचार्य, कविराज अधिकारी, थानेश्वर घिमिरे, मोतिरामा न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे विजयी भएका छन् ।

महिला सदस्यमा लोकतान्त्रिक प्यानलकी हरिकला अधिकारी, जनजाती सदस्यामा पनि लोकत्रान्त्रीककै राज चौधरी विजयी भएका छन् । खुल्ला सदस्यमा प्रगतिशिल साझा प्यानलका प्रकाश आचार्य मात्रै निर्वाचित भएका छन् ।

एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडेलको गृहजिल्ला समेत रहेको रुपन्देहीमा पत्रकारहरुको नतिजालाई धेरैले राजनैतिक अर्थमा बुझेका छन् ।

मकवानपुर

नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम नेतृत्वको पदाधिकारीको प्यानल निर्वाचित भएको छ । कुल १ सय ६१ मत खसेकोमा गौतमले १०० मतका साथ विजयी भएका हुन् ।

गौतमका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीतर्फका उम्मेदवार बालकृष्ण अधिकारीले ५६ मत मात्र प्राप्त गर्न सफल भए ।

गौतम प्रेस युनियन र प्रेस सेन्टरको एलायन्सतर्फको लोकतान्त्रिक प्रगतिशील गठबन्धनका उम्मेदवार हुन् ।

त्यस्तै, महासंघको उपाध्यक्ष पदमा गठबन्धन तर्फका उम्मेदवार ध्रुबप्रसाद अधिकारी, महिला उपाध्यक्षतर्फ सरला अधिकारी, खुल्ला सचिवतर्फ शुभलक्ष्मी विश्वकर्मा, सह–सचिव समावेशीतर्फ मन्दिरा बानियाँ (मानबी), सह–सचिव खुल्लातर्फ यमप्रसाद पौडेल (एमपी शर्मा) र कोषाध्यक्षतर्फ केशव समर्पण सुवेदी निर्वाचित भएका छन् ।

उपाध्यक्ष अधिकारीले ९३ मत प्राप्त गर्दा चौतारीका राजन दाहालले ६५ मत प्राप्त गरे भने महिला उपाध्यक्ष पदकी उम्मेदवार सरला अधिकारीले ८५ हत प्राप्त गर्दा चौतारीकी उम्मेदवार सम्झना रिजालले ७३ मत प्राप्त गरिन् ।

खुल्ला सचिवकी उम्मेदवार विकले ७८ मत प्राप्त गर्दा चौतारीका उम्मेदवार रामशरण दुलालले ७५ मत प्राप्त गरे । समावेशी सह–सचिवमा बानीयाँले सर्वाधिक १ सय ७ मत प्राप्त गर्दा चौतारीका उम्मेदवार रुपक कालिराजले कुल खसेको मतको ४७ मत प्राप्त गरे । खुल्ला सह–सचिव पदमा ३ जनाको उम्मेदवारी परेकोमा गठबन्धनका उम्मेदवार पौडेलले ६८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दीप्रेस मञ्च नेपालका उम्मेदवार राज सापकोटाले ४५ र चौतारीका उम्मेदवार देवराज पन्तले ४३ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदका गठबन्धनका उम्मेदवार सुवेदीले ९९ सय मत प्राप्त गर्दा चौतारीका उम्मेदवार तिलक अधिकारीले ६१ मत प्राप्त गरे ।

यसैगरी, सदस्य महिलातर्फ गठबन्धनकी उम्मेदवार रुपा गुरुङ, सदस्य दलिततर्फ शान्ति सुनार सर्वसम्मत, सदस्य आदिबासी जनजातितर्फ गठबन्धनका उम्मेदवार नवराज वाइबा र सदस्य (मधेशी) तर्फ गठबन्धन उम्मेदवार आदित्य कर्ण निर्वाचित भएका छन् ।

यस्तै, खुल्लातर्फको सदस्यमा गठबन्धनका उम्मेदवार क्रमशः अर्जुन सञ्जेल, प्रदिप अधिकारी, बलराम पुडासैनी, विजय पौडेल र श्रृजना नेपाल निर्वाचित भएका छन् भने चौतारीतर्फका उज्जवल अधिकारी र रेवतीप्रसाद तिमल्सीना (नवीन) विजयी भएका छन् ।

उता प्रदेश परिषद् सदस्य (खुल्ला) तर्फ गणेशदर्पण अधिकारी, विश्वराम अधिकारी (विवश), रविन्द्र गौतम, शिव चौलागाई, सुजन ढकाल, सुनिल सिवाकोटी, प्रदेश परिषद् महिलातर्फ क्रमशः आरती ढकाल, भावना रिजाल र आदीबासी जनजातितर्फ अमर लामा र अशोक सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रदेश परिषद् सदस्य दलिततर्फ कृष्णराम परियार निबिरोध निर्वाचित भएका छन् ।

केन्द्रीय परिषद् सदस्य (खुल्ला)मा भानुभक्त आचार्य र राजन (खुसराज) दाहाल, (महिला) मा नानीमैया विष्ट निर्वाचित भएका छन् भने केन्द्रीय परिषद् सदस्य (आदीबासी जनजाति) तर्फ सुर्वणलाल श्रेष्ठ निबिरोध निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोक

सिन्धुपाल्चोक शाखाको निर्वाचनमा जीवनप्रसाद श्रेष्ठ नेतृत्वको वाम गठबन्धन प्यानल विजयी बनेको छ । सिन्धुपाल्चोकमा एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस संगठनको संयुक्त प्यानल थियो भने काँग्रेस निकट प्रेस युनियन छुट्टै चुनाव लडेको थियो ।

बुधबार राति सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री, सचिवमा विदुर आचार्य , सहसचिवमा नानीराम नेपाल ,सहसचीव समावेशीमा केदार माझी विजयी बनेका हुन् ।

त्यस्तै कोषाध्यक्षमा नेत्र प्रसाद पौडेल सदस्यहरूमा दिपक खत्री, गोमा खत्री, देवराज सुवेदी, प्रभात श्रेष्ठ, दिनेश दुलाल र अशोक पराजुली विजयी बनेका छन् । यसअघि समावेशी सदस्यमा केशव अधिकारी, जनजाति सदस्य लालकाजी तामाङ ,दलित सदस्य सिर्जना बराल निर्विरोध निर्वाचित भइसकेका थिए ।

महासघ जिल्ला शाखाबाट केन्द्रीय परिषद सदस्यमा प्रमोद न्यौपाने र ज्ञानेन्द्र तिमल्सिना विजयी भएका छन् । यस्तै प्रदेश परिषदमा टीका सुबेदी , मणिसुन्दर काईराला, निर्मल बस्नेत, सन्तोष चौलागाई , सीताराम कोराला विजयी हुनुभएको छ ।

यसअघि प्रदेश परिषद् सदस्यमा सुनिता रखाल र केन्द्रीय परिषद् सदस्यमा शर्मिला ठकुरी निर्विरोध भएका थिए ।

म्याग्दी

म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् ।

बिहीबार बिहान सम्पन्न मतगणनाको नतिजा निर्वाचनमा पौडेलले ३० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्यले २७ मत प्राप्त गरेका थिए । निर्वाचित पौडेल प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका थिए ।

पत्रकार महासंघ म्याग्दीका कुल ६२ जना मतदाता मध्य ५८ मत खसेको थियो । त्यसैगरी उपाध्यक्षमा हरिकृष्ण गौतमले (२९ मत), महिला उपाध्यक्षमा रुद्र कुमारी खत्री (३०), सचिवमा सन्तोष गौतम (२९), कोषाध्यक्षमा अमित बिश्वकर्मा (३०), सहसचिवमा प्रमोद शर्मा (३२), समावेशी सहसचिवमा साधन घर्ती राम्जाली (२९) मत पाएर निर्वाचित भएका छन्।

यसैगरी खुल्ला सदस्यतर्फ कृष्ण जिसी (३२), सन्दिप खत्री (३१), कमल खत्री, अमृत बास्कुने, सन्दिप शर्मा रिजालले ३०÷३० मत प्राप्त गरेर विजयी भएका छन् ।

दलित सदस्यमा पदम बिश्वकर्माले (३०), समावेशी सदस्यमा नजराना सिंह ठकुरीले २९ मत ल्याएर विजयी भएका छन्।

आचार्यको समूहबाट मनोनयन दर्ता गरेका सविता बानियाँ र धु्रवसागर शर्मा केन्द्रिय परिषद् सदस्यमा निर्विरोध भएका छन् । त्यसैगरि महिला सदस्य पदमा आचार्य समूहकी जेनिसा पुरी निर्विरोध भएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार सुदर्शन कुमार श्रेष्ठ निर्विरोध भएका थिए भने प्रदेश परिषद सदस्यमा निर्मल खत्री, बिक्रम बोगटी, अमर बानियाँ र देवीप्रसाद शर्मा निर्विरोध भएका हुन्।

प्रतिष्ठान प्रदेश

महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।

प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् ।

नुवाकोट

नुवाकोट जिल्ला शाखामा सरकारनिकट प्यानल पराजित भएको छ । गठबन्धन प्यानलबाट अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा नवराज सुवेदी र जमुना गजुरेल विजयी भएका छन् ।

यता, सहसचिवमा सुरज सिलवाल, कोषाध्यक्ष सुनिल विष्ट, सदस्यमा रविन दाहाल, सुजित भण्डारी, मुकुन्दराज अर्याल, हरि भेटवाल, उषा रेग्मी, राममणि अधिकारी, कृष्ण अधिकारी विजयी बनेका छन् ।

ललितपुर

ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी बनेको छ । बिहीबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी बनेका हुन् ।

त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी बनेका छन् ।

दोलखा

दोलखाको अध्यक्षमा दिपशंकर चौलागाईं निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी माधव नेपाल समूहको गठबन्धनबाट अध्यक्षका प्रत्यासी चौलागाईं निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचिन चौंलागाईं प्रेस युनियन निकट हुन् भने उपाध्यक्षमा प्रेस चौतारी माधव नेपाल समूहका श्रीजनकुमार घिमिरे निर्वाचित भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा सिर्जना खड्का (प्रेस संगठन), सचिवमा दिलबहादुर केसी (प्रेस संगठन) र कोषाध्यक्षमा नवीन खतिवडा (प्रेस चौतरी नेपाल समूह) निर्वाचित भएका छन् ।

काभ्रे

काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना निर्वाचित भएका छन् भने सचिवमा युनियनकै कपिल कोइराला निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा विनोदकुमार न्यौपाने निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सुनिता सापकोटा निर्वाचित भएकी छन् भने समावेशी सहसचिवको मत बराबर झरेको छ ।

समावेशी सहसचिवका जगतमान बल र रोजन तामाङले ५९–५९ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिव खुल्लामा सरोज अधिकारी निर्वाचित भएका छन् । काभ्रे शाखामा अध्यक्ष सचिवमा युनियनले जित हासिल गरेपनि बहुमत सदस्य प्रेस चौतारीबाट निर्वाचित भएको जनाइएको छ ।

अछाम

अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन् । केन्द्रमा विपुल पोखरेल नेतृत्वको सो प्यानलले पूरै प्यानल जितेको छ ।  मत परिणामअनुसार उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् । यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् ।

यसैगरी सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् ।

ताप्लेजुङ

ताप्लेजुङमा माधवकुमार नेपाल निकट प्रेस चौतारीले जितेको छ । प्रेस चौतारीको तर्फबाट  उम्मेदवार आनन्द गौतम अध्यक्षमा विजयी भएका हुन् ।

ताप्लेजुङमा वाम–लोकतान्त्रिक प्यानल र  एमाले केपी ओली निकट प्रेस चौतारी लगायतको प्यानल चुनावी मैदानमा थियो ।

वरिष्ठ उपाध्यक्ष कमलप्रसाद भट्टराई, महिला उपाध्यक्ष गंगा लिङ्खिम, सचिव सुवास आचार्य,  सहसचिव वसन्त पालुङ्वा निर्वाचित भएका छन् । त्यस्तै समावेशी सहसचिव संगिता कार्की, कोषाध्यक्ष मदन गौतम, महिला सदस्य छिरिङडोमा शेर्पा, आदिवासी जनजाति सदस्य आलोक माबोहाङ, दलित सदस्य जीवन कालिकोटे, समावेशी सदस्य सूर्य गुरुङ र सदस्य सिताराम गुरागाई  निर्वाचित भएका छन् ।

इलाम

इलामको अध्यक्षमा विप्लव भट्टराई विजयी भएका छन। बुधबार भएको निर्वाचनबाट उनी अध्यक्षमा विजयी भएका हुन् । उनले एक सय ६ मत प्राप्त गरे निकटतम प्रतिद्वन्द्वी सुजन तिम्सिनाले ४८ मात्र प्राप्त गरेर हारे ।

त्यस्तै महिला उपाध्यक्षमा सुनिता खालिङ राई  विजयी हुँदा सहसचिवमा प्रेम अधिकारी विजयी भए ।

गुल्मी

गुल्मीको अध्यक्ष टोपलाल अर्याल विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा ३० मत ल्याएर अर्याल अध्यक्षमा विजयी भएका हुन् । अर्यालका प्रतिद्वन्द्वी अनिल खत्रीले २७ मत प्राप्त गरेका छन् । अर्याल नेकपा एमाले माधव नेपाल समूह निकट प्रेस चौतारीका नेता हुन् । त्यस्तै उपाध्यक्षमा रेशमा कुँवर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कृष्ण ज्ञवालीले १९ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा सीता भण्डारी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्न्द्वी अम्बिका आचार्यले २३ मत प्राप्त गरेकी छिन् । सचिवमा ३७ मतसहित प्रेम सुनार विजयी भएका छन् । अर्का सचिवका उम्मेद्वार ज्ञानबहादुर महताराले २१ म्त प्राप्त गरेका छन् । त्यसैगरी सहसचिव खुल्लामा ४२ मतसहित तिलाचन पाण्डे, सहसचिव समावेशीमा ४० मतसहित तेजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा ३४ मतसहित कौरव खत्री विजयी भएका छन् ।

सदस्यहरुमा ४४ मतसहित अश्विन बोहोरा महेश, ४३ मतसहित दुर्गाबहादुर खड्का क्षेत्री, ह४५ मतसहित हुमाकान्त पोख्रेल विजयी भएका छन् । महिला सदस्यमा सरस्वती जिसी विजयी भएकी छन् । उनले ३३ मत प्राप्त गरेकी छन् भने सदस्य (दलित) बाट ३९ मतसहित रमेश विश्वकर्मा विजयी भएका छन् ।

रौतहट

रौतहट शाखाको निर्वाचनमा प्रेमचन्द्र झा अध्यक्षमा विजयी भएका छन् ।  यस्तै उपाध्यक्षमा प्रवीणकुमार शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर, सचिवमा मदन ठाकुर, सहसचिवमा सञ्जय सहनी निर्वाचित भएका छन् ।

यसैगरी कोषाध्यक्षमा धमेन्द्रकुमार साह र महिला सदस्यमा विना राउत निर्वाचित भएका छन् ।

मुस्ताङ

मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा थकालीले १४ मत पाएर निर्वाचित भएका हुन् । उनी संयुक्त प्यानलबाट उमेदवार बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सुनदेवी रसाइलीले १२ मत ल्याएर पराजित भएकी छन् ।

त्यसैगरी उपाध्यक्षमा दुर्गादेबी रसाइलीले १४ मत पाएर निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी आइतेलाल थकालीले ११ मत पाएका थिए । महिला तर्फको उपाध्यक्षमा तिष्णा गौचनले १४ मत पाएर विजयी भएकी छन् । प्रतिद्वन्द्वी सम्झना थकालीले ११ मत पाएकी थिइन् ।

त्यसैगरी सचिवमा सुशिलबावु थकाली (१४), सहसचिवमा समावेशी आदित्य रसाइली (१४), सहसचिवमा सरस्वती ल्वागुन (१४) ,कोषाध्यक्षमा फुलकुमारी नेपाली (१४) र केन्द्रीय परिषद सदस्यमा चन्द्रश्वर बास्ताकोटी (१५) मत ल्याएर निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघ मुस्ताङमा कुल २८ जना मतदाता रहेका छन् ।

एसोसिएटमा बैकुण्ठ

महासंघ एशोसिएट प्रदेश अध्यक्षमा बैकुण्ठराज पराजुली निर्वाचित भएका छन् ।

पराजुलीले ३९९ मत प्राप्त गर्दै अध्यक्षमा जीत हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी डिबी खड्काले २७५ भोट पाएका छन् ।

एसोसिएट केन्द्रीय सदस्य कार्की

यसैगरी एसोसिएट केन्द्रीय सदस्यमा गठबन्धनका विकास कार्की र स्वतन्त्र प्यानलकी कृति भट्टराई विजयी भएका छन् ।

६९५ मत गणना गर्दा विकासले ३०१ मत प्राप्त गरेका छन् भने कृतिले २७४ मत प्राप्त गरेकी छन् । त्यस्तै ओमबन्धु थापाले २५७, विष्णु सुवेदीले १६१, स्मृति ढुंगानाले १३३ मत प्राप्त गरेका छन् ।

जाजरकोट

जाजरकोट शाखा अध्यक्षमा बालकुमार शर्मा विजयी भएका छन् । बुधबार भएको  मतदानमा ८६ मत खसेकोमा गठबन्धनका अध्यक्ष शर्मा ६४ मत प्राप्त गरी विजयी भएको हुन् ।

उनका प्रतिस्पर्धी क्रान्तिकारी पत्रकार संघका दिप बहादुर घर्तीले २२ प्राप्त गरेका थिए । यस्तै

उपाध्यक्ष (महिला)मा गठबन्धनकी टुकमाया घर्ती ६६ मत सहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी  क्रान्तिकारी पत्रकार संघकी निर्मला थापाले ७ प्राप्त गरेकी थिइन् ।

सचिवमा गठबन्धनका भरत शर्मा  ५५ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालका बिनोद घर्तीले २४ मत पाए । यस्तै कोषाध्यक्षमा गठबन्धनकै युद्ध जित शर्मा  . ६५  प्राप्त गरी निर्वाचित भएका छन् भने क्रान्तिकारी पत्रकार संघका तिर्थ बोहराले १० मत पाए ।

सहसचिवमा गठबन्धनका पवन शर्मा ६६ मतसहित बिजय हुँदा प्रेस चौतारी नेपालका जनक चन्दले २१ प्राप्त गरे । सदस्य (दलित)मा गठबन्धनकै काली बहादुर नेपाली ६६ मत ल्याएर बिजय भएका छन् । क्रान्तिकारी पत्रकार संघका धन बहादुर नेपालीले ९ मत पाएका थिए ।

कास्कीमा महिला नेतृत्व

कास्कीमा विमला भण्डारी निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी केशव शरण लामिछानेलाई पराजित गरेकी हुन् । भण्डारी १ सय ७४ मत पाएर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी लामिछानेले १ सय २१ मत पाएका छन्। भण्डारीले प्रतिस्पर्धी लामिछानेलाई ५३ मतान्तरले पराजित गरेकी हुन् ।

निर्वाचित भण्डारी संयुक्त प्यानलबाट उमेदवार बनेकी थिइन् । उनी यस अघि नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष थिइन् । कास्कीमा ३१२ मतदाता मध्ये ३०५ जनाले मतदान गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा रामप्रसाद तिमिल्सिनाले १७२ मत ल्याएर विजयी भएका छन् । उनले प्रेस चौतारीका अर्जुन गिरीलाई ५० मतान्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा जमुना शर्मा बर्षा (१५१) मत ल्याएर निर्वाचित भएकी छन् ।

त्यस्तै सचिवमा माधव बराल (१५५), सहसचिव समावेशीमा रेम बिक (१६८), सहसचिवमा श्रीराम सिग्देल (१७७),कोषाध्यक्षमा कृष्ण दवाडी (१७७),महिला सदस्यमा सपना अधिकारी (१४८),दलित सदस्यमा बिजय नेपाली (१५६),आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ (१५७),समावेशी सदस्यमा जैनव खातुन (१८३) र खुल्ला सदस्यमा कन्चन थापाले १३० मत पाएर विजयी भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा गीताराना मगर (१२९), धनबहादुर गुरुङ (१५२),प्रभु अधिकारी (१२८), शिवराज बस्ताकोटी (१२८),सन्तोष बस्याल (१२४), सन्तोष सुवेदी (१२९), युवराज गुरुङ(१३१) र हरी पन्त (१३५)  मत पाएर विजयी भएका छन् ।

त्यस्तै आदिवासी जनजाति तर्फको राष्ट्रिय परिषद् सदस्यमा राज बहादुर गुरुङले १६३ मत पाएर विजयी भएका छन् ।

त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा आरजु बिष्ट सल्यानी (१२६),कमल पौडेल अथक (१५०), गंगाधर पराजुली (१२६) र श्यामनाथ कुवरले १४२ मत पाएर विजयी भएका छन् ।

रातोपाटीबाट