ओलीलाई साथ दिने कुनै निर्णय गरेका छैनौं र गर्ने सम्भावना पनि छैन

नेता, महिन्द्र राय यादवल

२६ चैत, काठमाडौं । वर्तमान ओली सरकारलाई विस्थापित गरेर नयां सरकार बनाउनका लागि अहिले दिनहुंजसो छलफल र भेटघाटको क्रम चलिरहेके छ । विशेष गरी मधेशबादी दल जसपा को मुख्य भूमिका रहेको छ । अहिलेको सत्ता समीकरणको साँचो नै जसपा संग रहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेता महिन्द्र राय यादवले प्रतिगमनविरोधी शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनु पर्ने बताएका छन् ।

उनका अनुसार आफ्नो पार्टीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेको र अहिलेसम्म यो निर्णय परिवर्तन नभएकाले प्रतिगमनकारीसँग गठबन्धन नहुने उनले बताए ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याएको छ । यो राम्रो पक्ष हो,’ ’पार्टीको निर्णयविपरीत कसले के गर्छ, के बोल्छ ? कोसँग भेटघाट गर्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन ।

जतिबेला संविधान संशोधनका लागि दुई तिहाइ पुग्थ्यो त्यो बेलामा कुनै चासो भएन । अहिले दलहरूका बीचमा सहमति जुटाउन कठिन छ,’ उनले भने,’आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओलीले हाम्रा माग पूरा गर्छु भनेर हुँदैन । हामीले प्रधानमन्त्री ओलीलाई साथ दिने कुनै निर्णय गरेका छैनौं र गर्ने सम्भावना पनि निकै कम छ ।

जसपाभित्र प्रधानमन्त्री ओलीको गठबन्धनमा जाने वा कांग्रेस–माओवादी गठबन्धनमा जाने भन्नेमा विषयमा दुई धारमा बिभाजित भएको छ। अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहितका पूर्वराजपा पक्षधर ओलीसँग निकट छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायतका पूर्व संघीय समाजवादी फोरम पक्षधरहरू कांग्रेस–माओवादीसँग गठबन्धन गर्ने पक्षमा छन् ।