प्रतिष्ठान प्रदेश समितिमा बालकृष्ण अधिकारी अध्यक्ष नेतृत्वको प्यानल नै विजयी

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको हिजो सम्पन्न चुनाव अन्तर्गतको प्रतिष्ठान प्रदेश समितिमा बालकृष्ण अधिकारी अध्यक्ष रहेको नेतृत्वको प्यानल नै विजयी भएको छ । सो प्यानलले सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी भएको हो ।

प्यानलबाट निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् ।

यस्तो छ प्रतिष्ठान प्रदेश निर्वाचन अन्तिम नतिजा :
बालकृष्ण अधिकारी: 940
उद्धव कार्की: 328
विरेन्द्र ओली: 778
सरोज कोईराला: 454
रामकुमार शाही:711
रुक्मिणी पोख्रेल: 736
राधिका जोशी: 435
रामकुमार शाही: 711
कमल राना: 435
पार्वती खड्का:744
यासिमा महत:424
केशव वोहरा: 696
राजिव खत्री: 461
नरेन्द्र मानन्धर: 774
सूर्य बराल: 366