मुगुमा ९ बर्षीया बालिकाको बलात्कारपछि हत्या नेविसंघद्धारा कारवाहीको माग गर्दै विज्ञप्ति

२६ चैत, काठमाडौं । बलात्कारका घटना घट्ने क्रममा कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको सोरू गाउँपालिका वडा नम्बर ८ की ९ वर्षीया बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या भएको भन्दै नेविसंघले दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

बालज्योति प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्ने चौलागाईं गत शनिबारदेखि हराएकी थिइन् । उनको शव सोमबार कर्णाली नदीमा फेला परेको थियो ।

‘यस्तो क्रुर अपराध र निच घटनामा संलग्न सम्पूर्ण दोषीहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न माग गर्दछौं,’ नेविसंघका अध्यक्ष राजिब ढुंगानाले विज्ञप्ति निकालेर भनेका छन् ।