सार्वजनिक स्थलमा फोन चोरी भएको वा खोसेर भागेको कुरा धेरैजसो सुन्न पाइन्छ । कति त यस्तो स्थितिमा पर्नुभएको पनि होला ।
हालै एक ट्वीटर प्रयोगकर्ताले यस्तो घटनाबारे बताएका छन् जुन सुनेर मानिसहरु अचम्मित भए । वास्तवमा फोन खोसेको केही बेरपछि चोरले फोन फिर्ता दिए किनभने फोनको मोडल वान प्लस नाइन प्रो थिएन ।
यो अचम्मको स्थितिको शिकार भएको ट्वीटर प्रयोगकर्ता देबायान रोयले यो विषयमा पोस्ट पनि सेयर गरेका छन् । पोस्टमा उनले दिएको जानकारी अनुसार उनी भारतको नोएडा सेक्टर ५२ मेट्रो स्टेशन नजिकै आफ्नो फोनमा च्याट गरिरहेका थिए । त्यतिबेला कालो मास्क लगाएका एक व्यक्ति उनको फोन खोसेर भागे ।
यसै कारण उनी केही बेरका लागि के गर्ने के नगर्ने भए । केही बेरपछि जब उनलाई सेन्स आयो तब उनी चोरको पछाडि भागे । तर त्यसपछि जे भयो, त्यो उनले पत्याउनै सकेनन्