बाँकेको नरैनापुरमा आगलागी १२० घर जलेर नष्ट चार जना घाइते

२२ चैत्र, बांके । नेपालगंज बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँमा हिजो शनिबार अपराह्न साढे तीन बजेतिर आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् ।
आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको । अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएका छन् । आगो निभाउन पाँचवटा दमकल प्रयोग गरिएको थियो ।

स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो ।