सरकारलाई दिएको समर्थन फिर्ता र अन्य राजनीतिक विषयमा छलफलका लागि माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

२२ चैत, काठमाडौं । नयां सरकार गठनमा दलहरुबीच सहमति नहुंदा विगत एक महिनादेखि सहमति खोज्न प्रयास भइरहेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री ओली राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय संगै ओली सरकारको सत्तासांझेदारी दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अन्य समसामहीक राजनीतिक विषयमा छलफलका लागि आज स्थायी कमिटी बैठक बोलाएको छ ।

बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने छ ।

माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्नेछ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ ।

नयाँ सरकार गठनमा अग्रसरता देखाएको माओवादी केन्द्रले आजै जनता समाजवादी पार्टी (जसपा) सँग छलफल समेत गर्दैछ । अंक गणितको हिसाबले जसपा सत्ता गठबन्धनमा निर्णायक बनेको छ । जसपासहितका विपक्षी दलका नेताहरुले माओवादीले समर्थन कायमै राख्दा नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको बताउँदै आएका छन् ।