यो सरकार देश बनाउने, समृद्ध नेपाल सुखी नेपाली बनाउने जनताको सपना, आकांक्षा पूरा गर्न लागेको छ

प्रधानमन्त्री, केपी शर्मा ओली

२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नै सरकारी निवास बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक विस्तार कार्यक्रमको शुभारम्भ गर्ने क्रममा भने, केही मानिसहरूले यो सरकारले सिन्को भाँचेको नदेखेको बताएका छन् । त्यस्ता मानिसहरूले विषाक्त राजनीति गरिरहेको र, समाजलाई नै विषाक्त र भाँड्ने प्रयास गरिरहेको बताए ।

अहिले यो सरकारले नेवार संस्कृति र सभ्यता खत्तम पार्न खोज्यो, यहाँ फासिवाद आइसक्यो, अधिनायकवाद ल्यायो भन्दै समाजलाई भाँड्ने प्रयास केही मान्छेले गरेका छन्,’ उनले भने, ‘तिनीहरूले सिन्को भाँचेको देखेका छैनन् ।

उनले त्यस्ता केहीको मनोदसा र मनोवृत्ति देखेर आश्चर्य लागेको बताए ।
म त्यो कथा दोहो¥याउन चाहन्न । एउटा जनावर स्वर्ग गएछ । ८४ व्यञ्जन दिएको नखाइकन पल्लो छेऊ पुग्यो । त्यो भन्दा बढी म भन्न चाहन्न । भेटेन खाने कुरा,’ उनले भने, ‘अब केहीको मनोदसा र मनोवृत्ति देखेर आश्चर्य लाग्छ ।

ओलीले देश हामी सबैको हो भन्दै कतिखेर को कहाँ छ भन्ने कुरा हैन भने ।

‘अहिलेको सरकार देश बनाउने, समृद्ध नेपाल सुखी नेपाली बनाउने जनताको सपना, आकांक्षा पूरा गर्न लागेको छ,’ उनले भने, ‘राष्ट्रिय आकांक्षाको रुपमा यो कार्यक्रम शिलान्यास ग¥यौं । बजेट सुनिश्चित गरेर ।