Breaking News

आजको दिनमा ओलीको विदाई नै प्राथमिक हुने

२१ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले समाजिक संजाल ट्वीटमा ट्वीट गदैै भनेका छन्, प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयलाई डा. भट्टराईले सराहनीय भनेका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं ।

दलहरु एजेण्डा फरक–फरक हुने भए पनि सबैभन्दा माथि देश, जनता र लोकतन्त्र हुने उल्लेख गर्दै डा. भट्टराईले आजको दिनमा ओलीको विदाई नै प्राथमिक हुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री, डा. बाबुराम भट्टराई