प्रधानमन्त्री ओलीले बालुवाटारबाट विभिन्न १६५ वटा सडक शिलान्यास गर्दै

२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत विभिन्न १६५ वटा सडक शिलान्यास गर्ने भएका छन् ।

संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो ।