एमाले खनाल–माधव समूहको स्थायी कमिटीको बैठक बस्दै

२१ चैत, काठमाडौं । एमाले खनाल–माधव समूहको स्थायी कमिटीको बैठक बस्दैछ ।

आज दिउँसो तीन बजे बस्ने यो बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।
नेता योगेश भट्टराईले दिएको जानकारी अनुसार राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएको जानकारी दिँदै त्यसबारे आजको बैठकबाट निर्णय गर्ने बताए ।

खनाल–नेपाल समूहले यसअघि चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । त्यसयता यो समूहले समानान्तर गतिविधि गर्दै आएको छ ।