२० चैत्र, काठमाण्डौ । नेपाली कांग्रेसको भरखरै सकिएको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको छ ।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफल भएको थियो ।
लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको एक नेताले जानकारी दिए ।
नेताहरुबीचको सहमतिपछि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा त्यही प्रस्ताव आएको ती नेताले जानकारी
दिए ।