एमाले माधव पक्षको बैठक जारी : बैठकले ओलीले थप दुई नेतामाथि भएको कारबाहीको भत्र्सना

२० चैत्र, काठमाण्डौ एमाले नेता माधवकुमार नेपाल समूहको आज कलंकीस्थित एक पार्टी प्यालेसमा बसिरहेको बैठकले ओलीले थप दुई नेतामाथि भएको कारबाहीको भत्र्सना गरेको छ ।

बैठकले यो केपी शर्मा ओलीजीको अरुमाथि तानाशाही लाद्ने, निरंकुश, स्वेच्छाचारी चरित्रको द्योतक हो भनेका छौं र यसको निन्दा गरेको छौं’ नेता भीम रावलले भने ।

नेताहरुमाथि भएको कारबाहीले पार्टीको विधान मिच्नुका साथै कम्युनिष्ट आन्दोलनलई नै लज्जित बनाएको रावलले बताए । बैटकबाट बाहिरिएका नेता रावलले अघि भने, ‘नेकपा एमालेको रक्षाका लागि हामीले जुन पाइला चालेका छौं, त्यसलाई अझ गतिशीलताका साथ अगाडि बढाउँछौं । बैठक अहिले पनि जारी छ ।