इटालीमा आशाको किरण मर्नेको संख्या कम

कदर समाचार
२३ चैत, एजेन्सी । चीनको बुआनबाट फैलिएको कोरोना भाइरसले संसारभरी फैलिएर कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२ पुगेको छ ।
तर हिजो शनिबार लामो समयपछि इटलीमा आशाको पहिलो किरण देखियो । इटलीमा आम नागरिकको सुरक्षा गर्ने सिभिल प्रोटेक्सन डिभिजनका अनुसार देशमा पहिलो पटक आईसीयूमा राखेर उपचार गरिनुपर्ने बिरामीको संख्यामा कमी आएको छ ।
सिभिल प्रोटेक्सन डिभिजनका प्रमुख एन्जेलो बोर्रेलीलेले शुक्रबार इटलीका अस्पतालमा गम्भीर बिरामीको संख्या ४ हजार ६८ थियो । शनिबार यो संख्या कम भएर ३ हजार ९ सय ९४ भएको छ ।
एन्जेलो बोर्रेलीले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण तथ्यांक हो । किनकि पहिलो सिकिस्त बिरामीको संख्यामा कमी आएको छ । हाम्रा अस्पताललाई पनि यसले थोरै राहत दिने भएकाले पनि महत्वपूर्ण छ । उनीहरुलाई श्वास फेर्ने मौका मिल्नेछ । हाम्रो देशमा जुन दिनदेखि आपतकालीन अवस्था देखा प¥यो, त्यसपछि पहिलो पटक यसरी बिरामीको संख्यामा कमी आएको हो ।