ओली नेतृत्वको सरकारलाई समर्थन दिने कि नयाँ सरकार बनाउने प्रष्ट हुन कांग्रेस र जसपा माओवादी केन्द्रको आग्रह

१९ चैत्र, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आज पार्टी कार्यालय पेरिसडांडामा बसेको स्थायी कमिटी बैठकले निर्णय गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र मधेशवादी दल जसपालाई वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन आग्रह गरेको छ ।

माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले ती दुई दलले निर्णय गरेपछि राजनीतिले नयाँ मोड लिने बताएका छन् ।

’यो सरकारलाई हाम्रो समर्थन छैन, प्राविधिक रूपमा चिठी दिनमात्रै बाँकी हो,’ श्रेष्ठले भने,‘उहाँहरूले ओली सरकारलाई नै समर्थन गर्ने भए पनि ठिक छ । हामी मिलेर नयाँ सरकार बनाउने भए पनि झन् राम्रो। तर उहाँहरू छिटो स्पष्ट हुनु प¥यो ।

श्रेष्ठले आजको बैठकमा राजनीतिक घटनाक्रमबारे विभिन्न दलहरूसँग भइरहेको छलफलबारे कुराकानी भएको र अहिले परिस्थिति अझै स्पष्ट भइनसकेको विषयमा छलफल भएको बताए ।

केही दिनमै स्थायी कमिटीको औपचारिक बैठक बसेर हामीले आवश्यक निर्णय गछौ ।