आ.ब.बाट प्रदेश २ को शैक्षिक सुधारलाई प्राथमिकता दिईने

१८ चैत्र, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारको आगामी नीति तथा कार्यक्रममा प्रदेश २ को शैक्षिक सुधारलाई प्राथमिकता दिइने बताएका छन् ।

प्रदेश २ को धनुषाका चारवटा स्थानीय तहमा पाँच वर्षदेखि सञ्चालित ‘राम्रो शिक्षा देऊ’ कार्यक्रमको केन्द्रस्तरीय अनुभव आदानप्रदानका लागि नर्वेली दूतावासको सहकार्यमा आसमान नेपाल र शिक्षा पत्रकार समाजले आज आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

विगतमा प्रदेश २ को शिक्षा विकासमा गरिएको पहलको समीक्षा गर्दै अब कार्यक्रम तर्जुमा गर्दा स्थलगत र अनुसन्धानबाट प्राप्त सुझावलाई सम्बोधन गरिने प्रतिबद्धता श्रेष्ठले व्यक्त गरे ।

प्रदेश २ का लागि नागरिकता, जन्मदर्ता निःशुल्क शिक्षा आदि संवैधानिक हकको कार्यान्वयनमा सरकार कटिबद्ध रहेको पनि बताएका छन् । ‘एक्काइसौं शताब्दीको गुणस्तरीय शिक्षाका लागि योजना र कार्यान्वयन बनाउन आवश्यक छ । शिक्षा नीति ठीक नभएसम्म मुलुकको समृद्धि सम्भव छैन ।

धनुषाको सबैला नगरपालिका, गणेशनाथ चारनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा सञ्चालित उक्त परियोजना ९२ विद्यालयमा गरी १७ हजार विद्यार्थीबीच कार्यान्वयन भइरहेको छ ।