नेकपा एमाले माधव नेपाल समुह युवा संघको केन्द्रीय कार्यालय उद्घाटन

१८ चैत, काठमाडौं । नेकपा एमाले माधव नेपाल र झलनाथ खनाल नेतृत्व निकट युवा संघ को कार्यालय औपचारिक उद्घघाटन भएको छ ।

युवा संघले बबरमहलमा आयोजित विशेष कार्यक्रमबीच वरिष्ठ नेता माधव नेपालले कार्यालय भवनको औपचारिक रूपमा उद्घघाटन गरेका छन् ।

देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताए ।