ओलीलाई सुरेन्द्र पाण्डेको तिखो झटारोको जवाफ यस्तो छ

१७ चैत्र, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षीय नेताहरुलाई स्पष्टी करण सोध्ने क्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि पत्र पठाएका थिए । पाण्डेले ओलीको दोस्रो चरणको पत्रपछि उनले भनेका छन्, शत्रुलाई पठाएको जस्तो पत्रको जवाफ दिन आवश्यक नरहेको भएता पनि आफूलाई लगाइएको आरोप कति मिथ्या छन् भनेर पत्रको जवाफ पठाएको उनले उल्लेख गरेका छन् ।

‘स्पष्टीकरणसहितको लिखित जवाफ’ को मागले ‘कंगारू अदालत’को अभ्यास भएको उनको भनाइ छ । यसका साथै, ओली गुटले गरेको भनिएको निर्णयहरू पार्टी विधानविपरीत भएको पत्रमा जवाफ दिएका छन् ।

उनले भनेका छन्,‘तपाईंले मलाई आरोपको रूपमा विभिन्न प्रश्नहरू तेर्स्याउनु भएको छ । प्रश्नहरू हेर्दा तपाईंमाथि नै धेरै प्रश्नहरू सोझिएका छन् । तपाईंले मलाई ’प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप हाँस्यास्पद लाग्यो । किनकि ०७४ असोज १५ गते तपाईं एक्लैले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँट गर्ने गोप्य सहमति गर्नु भयो । ०७५ जेठ ३ गते भएको पार्टी एकताको समयमा आलोपालो अध्यक्षता र प्रधानमन्त्री आधाआधी बाँड्ने प्रचण्डसँगको सहमति पनि गोप्य रूपमा तपाईंले नै गर्नु भएको थियो। अब तपाईं भन्नुस् प्रचण्डको मतियार तपाईं हो कि अरू कोही ?’

ओलीले पार्टी एकता बचाउन लचकतापूर्ण प्रस्तावलाई अस्वीकार गरेपछि आफूहरूले भेला गर्न बाध्य भएको पाण्डेले बताएका छन् ।

‘चैत २ गते धुम्बाराहीमा तपाईं सहितका नेताहरूबीच भएको छलफलमा हामीले फागुन २८ गतेको तपाईंको गुट भेलाले गरेको निर्णयलाई बदर गरौं, चैत ३ गतेको चियापानलाई रोकौं र ७ गते गर्ने भनिएको गुट भेला तपाईंले रोकेमा चैत ४ र ५ गतेको बैठक रोक्न सकिने भन्ने हाम्रो प्रस्तावलाई किन लत्याउनु भयो ? तपाईंले पार्टी एकता बचाउन हामीले गरेको लचकतापूर्ण प्रस्तावलाई अस्वीकार गरे पछि हामीले उक्त भेला गर्न बाध्य भएका थियौं ।

यस्तो छ उनको जवाफः  

Clarification_Surendra-Pandey