Breaking News

स्पेनमा आज एकै दिन ८०९ जनाको मृत्यु

कदर समाचार
२२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड (१९) बाट स्पेनमा एकैदिनमा ८०९ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतकको संख्या ११ हजार सात सय ४४ पुगेको छ ।
स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार, कुल संक्रमितको संख्या एक लाख २४ हजार ३६ पुगेको छ । यो संख्या कोरोनाबाट सबैभन्दा धेरै मृत्यु भएको इटालीको भन्दा धेरै हो ।
तर, पछिल्लो तीन दिनमा पहिलोपटक कोरोनाबाट मृत्यु हुनेको संख्या ९०० भन्दा कममा झरेको छ । यसलाई स्पेनका अधिकारीहरुले सकारात्मक संकेत मानेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *