नेकपा एमालेद्धारा कर्णाली प्रदेश कमिटीमा हेरफेर

१७ चैत, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशको कमिटी हेरफेर गरेको छ । प्रदेश कमिटी अध्यक्ष र सह–इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो ।

प्रदेश अध्यक्षको जिम्मेवारीमा रहेका गुलावजंग शाहलाई सह–इन्चार्ज र सहइन्चार्ज रहेका गोरखबहादुर बोगटीलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

बोगटीले कार्यकारी पद माग गरेपछि पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो ।

त्यस्तै लक्ष्मी पोखरेललाई पनि प्रदेश कमिटीको सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ । प्रदेश कमिटीको इञ्चार्जमा भने प्रदेश सभा सदस्य यामलाल कँडेललाई यसअघि नै जिम्मेवारी दिइएको थियो ।

हेरफेरमा ओली समूहका नेताहरुलाई मात्रै प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ ।