पुनरावलोकनको लागि प्रचण्ड सर्वोच्चमा

१७ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सर्वोच्च अदालत पुगेका छन् ।

गएको फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकताबाट भएको नेकपालाई खारेज गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुनरावलोकनको लागि निवेदन दिन सर्वोच्च अदालतको फैसलाविरुद्ध उनी अदालत पुगेका हुन् ।