१६ चैत्र, काठमाण्डौ । एकाले अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई ६ महिनाका लागि निलम्बन गरेपछि त्यस बारेमा प्रतिक्रिया दिने क्रममा बरिष्ठ नेता नेपालले अब केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशैभरिका कार्यकर्ताहरुलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।
ओलीको निलम्वन गर्ने निर्णय गरेलगत्तै नेता नेपालको आक्रामक प्रतिक्रिया आएको हो । बरिष्ठ नेता नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताए । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने उनले बताए ।
केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष पनि होइन । उहां एमाले केन्द्रीय कमिटीको अध्यक्ष होइन । उहांले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने उहांसंग केही पनि अधिकार छैन ।
नेता नेपालले अब देशव्यापीरुपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । नेपालले रातोपाटीसँग भने, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइन्छ ।
रातोपाटीसँग संक्षिप्त कुरा गर्दै नेता नेपालले भने, ‘अब देशव्यापीरुपमा संगठन झनै सशक्त र प्रभावकारी भएर जान्छ । केपी ओलीको चुनौतीको सामना गरिन्छ । सबै कार्यकर्तालाई दृढताका साथ मैदानमा उत्रन म आह्वान गर्न चाहन्छु ।
रातोपाटीबाट