१६ चैत्र, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावललाई कारवाही गर्दै ६ महिनाका लागि निलम्बन गरेपछि त्यस बारेमा प्रतिक्रिया दिदैं नेता नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभएको स्पष्ट पारेका छन् ।
ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन । कुन पार्टीबाट ?, ओलीको पार्टीबाट ?’, उनले भने, ‘एमालेबाट निलम्बन गर्ने कुनै अधिकार उहांसंग छैन । उहां एमालेको अध्यक्षनै होइन ।
नेता नेपालले केन्द्रीय कमिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरें भनेर हल्ला फैलाउनु कुनै अर्थ नरहने बताए ।
ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहेको दाबी गर्दै भने, ‘उहां अहिले एमालेको एउटा गुटको अध्यक्ष मात्र हो । एउटा गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न सक्दैन, त्यसकारण यो कारवाही वा निलम्बनको कुनै अर्थ छैन ।