Breaking News

डा. बाबुराम भट्राईको नेतृत्वमा कोरोना भाइरस महाव्याधी विरुद्ध सार्वजनिक पहल नेपाल गठन

कदर समाचार
२२ चैत, काठमाण्डौं । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको र नेपालमा समेत बढेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा कोरोना महाव्याधी विरुद्ध सार्वजनिक पहल, नेपाल ’कोमविसाप’ गठन गरिएको छ ।
समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराइएको समितिले कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्ने जनाइएको छ । त्यस्तै, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।
को–को छ समितिमा
केन्द्रीय संयोजन समिति १७ जना रहेका छन् । जसको संयोजन पूर्वप्रधानमन्त्री तथा सांसद डा. बाबुराम भट्टराई रहेका छन् । त्यस्तै सांसद प्रदीप गिरि, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्ले, अर्थशास्त्री डा. कल्याणराज शर्मा, व्यवसायी कृष्ण आचार्य रहेका छन् ।
त्यस्तै, पूर्वसचिव जनकराज जोशी, प्रविधि विज्ञ डा. दोभान राई, सामाजिक अभियान्ता प्रदीप परियार, ब्रबिम कुमार, अधिकारकर्मी लुना रञ्जित, चिकित्सक डा. लोचन कार्की, सुरेन्द्र यादव रहेका छन् । त्यस्तै, जनस्वास्थ्य विज्ञ डा. ल्हामो शेर्पा, शहरी शासन विज्ञ डा. सबिन निंगलेखु, सुरक्षा विज्ञ, सुरेन्द्र शाह र सञ्चार क्षेत्रबाट विश्वदीप पाण्डे सदस्य रहेका छन् ।