वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल

१६ चैत, काठमाडौं । काठमाण्डौ उपत्यकामा केही दिनदेखि लागेको बाग्लो हुस्सु र वायु प्रदर्शनले मानव स्वास्थ्यमा पर्ने असरले गर्दा सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।