१६ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबलको उपाधिका लागि नेपालले आज प फाइनल खेल बंगलादेशसंग खेल्दैछ । खेल सांझ ५ः३० बजे सुरु हुने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैदान हुने खेलमा दुबै टिम जित्ने हिसावले नै मैदानमा उत्रने छन् । नेपालको टिमले पछिल्लो ८ खेलमा गोल गर्न सकेको छैन ।
सन् २०१९ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध अन्जन विष्टले दुई गोल गरेयता नेपालले विश्वकप छनोट अन्तर्गत नै अष्ट्रेलिया, जोर्डन र कुवेतविरुद्ध गोल गर्न सकेन । यस्तै म्यानमारविरुद्ध मैत्रीपूर्ण खेलमा पनि गोल गर्न
सकेन ।
आजको नेपाललाई गोल गर्दै खेल जित्ने अनि उपाधि जित्ने र बंगलादेशसंग बदला लिने अवसर छ । अर्कोतर्फ नेपाललाई गोल गर्न र खेल जित्नमै चुनौती छ ।
फाइनलमा नेपालले दर्शकको साथ र घरेलु मैदानको साथ पाउने पक्का छ । अब त्यसको बदला नेपाली टिमले गोल र ट्रफी जित्दै दर्शकलाई खुशी फर्काउन बांकी छ ।
त्रिदेशीय कपमा तीन खेल हुंदा जम्मा एक खेलमा स्पष्ट नतिजा आयो । बांकी दुई खेल गोलरहित बराबरीमा सकियो । पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० ले हराउदा पनि आत्मघाती गोल निर्णायक भएको थियो ।
नेपाल र बंगलादेश गोल नै नगरी फाइनल पुगेका हुन् ।