Breaking News

चीन सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो

१६ चैत, काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज बिहान काठमाडौं आइपुगेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो ।

सो खोप दिउँसो नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।