पार्टी र दलले गरेका निर्णय फिर्ता नहुने स्पष्टीकरण सोधेका नेताहरुलाई कारवाही हुन सक्ने

१३ चैत, काठमाडौं । नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाही गर्ने संकेत गरेका छन् ।

संसदीय दलका नेता समेत रहेका ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएका हुन् । यो कारबाहीको योग्य रहेको बताएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

बैठकमा ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुनेसमेत बताएका छन् ।