Breaking News

माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु

१३ चैत्र, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ ।
कलंकीस्थित मोगा बैंक्वेटमा जारी बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले जनकारी दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको मात्र उपस्थिति रहेको ७ चैत्रको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छन् ।

नेता नेपाल र रावलले हिजो जवाफ पठाएका छन् । दुई नेताले भने जवाफ दिन बाँकी नै छ ।
केन्द्रीय सदस्यहरुको बैठकपछि सांसदहरुको बैठक बस्नेछ । आज ३ बजे बोलाइएको संसदीय दलको बैठकमा जाने नजाने छलफल हुने एक सांसदले जानकारी दिए ।