ओलीलाई हटाउन प्रतिपक्ष दलले किन ढिलाई गरिरहेको छ

पूर्वप्रधानमन्त्री, डा.बाबुराम भट्टराई

१२ चैत, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्न्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको भनाई राखेका छन् ।

संसदमा भट्टराईको दल पनि प्रतिपक्षमा छ । भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलले ढिलाइ गर्दा ओली सरकारले निरन्तरता नै पाएको संकेत गरेका छन् ।

प्रतिपक्षी दल सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने भूमिमामा चुक्न नहुने उनको भनाइ छ। सत्तामा अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र छन् ।

नेकपा भइसकेका यी दल सर्वोच्चको फैसलापछि पुनः अस्तित्वमा आएका थिए । प्रतिपक्षी दल सत्तापक्षलाई खबरदारी गर्दै कुनै पनि बेला नयां निर्वाचन वा सरकार दिन तयार हुनुपर्नेमा त्यसो नभएकोमा भट्टराईले असन्तुष्टि जनाएका छन् ।

‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयां निर्वाचनमा जान तयार रहने हो । डा. बाबुराम भट्टराईले आज सामाजिक संजाल ट्वीट गर्दै यसो भनेका छन् ।