पेट्रोल र डिजेल तस्करी गरेको आरोपमा ८४ जनालाई पक्राउ

१२ चैत्र, काठमाडौं । ६ महिनामा नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जनालाई पक्राउ गरिएको भारतीय गृह मन्त्रालयले जानकारी गराएका छन् ।

भारतीय गृह मन्त्रालयले हिजो त्यहाँको लोक सभामा प्रस्तुत गरेको विवरणमा नेपालमा भारतभन्दा सस्तो मूल्यमा पेट्रोल र डिजेल भएकाले बिहारका विभिन्न जिल्लामा तस्करी हुने गरेको उल्लेख गरेका छन् ।

भारतको गृह मन्त्रालयले सिमानामा तस्करी रोक्न सशस्त्र सीमा बलले विभिन्न पहलहरु गरेको गृह मन्त्रालयले लोकसभालाई जानकारी गराएको छ ।