Breaking News

(कोभिड–१९)विरुद्धको खोप अनिश्चितकालीनको लागी रोग

१२ चैत्र, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन को लागी रोग लगाएको छ ।

पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

बीबीसीका अनुसार अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतको यो निर्णयले कोभ्याक्स योजना अन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ । यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्छ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड–एस्ट्राजेनेकाकै खोप रहेको छ ।