१२ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमालेले माधव समूह (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल सहित ४ जनालाई तिनदिने स्पष्टीकरण को आज अन्ति दिन सो समूहको केन्द्रीय समिति बैठक बोलाएको छ ।
समूहका नेता सुरेन्द्र पाण्डेले काठमाडौंमा बस्ने गरी भोदि शुक्रबारका लागि बैठक डाकिएको जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुनेछ ।
यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले मागेको स्पष्टिकरण पनि तयार पारेका छन् । नेता पाण्डेले स्पष्टिकरण तयार भइरहेको जानकारी दिए ।
यसअघि अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए ।
सोमबार काठमाडौंमा बसेको उक्त समूहका उपलब्ध स्थायी कमिटी सदस्यको बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय गरेको थियो ।