कोरोना संक्रमित ९ जना, नेपालमा पहिलो पटक स्थानीयमै देखियो

सुदूरपश्चिममा तीन जना नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये २१ वर्षीय युवक भारतको मुम्बईबाट र ४१ वर्षीय व्यक्ति उत्तराखण्डबाट केही दिनअघि नेपाल आएका थिए भने अर्का व्यक्ति आफन्तका कारण कोरोना संक्रमित बनेका हुन् ।नेपालमा संक्रमण देखिएको यो नवौं केस हो । यीमध्ये एकजना निको भइसकेका छन् भने अन्य उपचाररत छन् ।

कदर समाचार
२२ चैत, काठमाण्डौ ।  नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण स्थानीयबासीमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन नयाँ संक्रमितमध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी चौथो संक्रमितका आफन्त हुन् ।स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले अनलाइनखबरसँग भने, ‘चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए । ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए । अहिले उनकै आफन्तलाई संक्रमण देखिनु भनेको कोरोना संक्रमणको लोकल ट्रान्समिसन हो ।
‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उनले अघि भने, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ । कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका

1
1

लागि यो साता निकै महत्वपूर्ण हुने मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले बताए ।
कोरोनाको महामारी विश्वभरी लिइरहेको अवस्थामा नेपालमा पहिलो पटक अर्को व्यक्तिबाट सरेर एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी अर्को व्यक्तिबाट कोरोना सरेका व्यक्ति दुबईबाट फर्किएका पुरूषको आफन्त हुन् । ११ चैतदेखि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ती पुरूष नेपालका चौथो संक्रमित हुन् ।
शनिबार चिकित्सकहरूले कोरोनाबाट बच्नका लागि घरभित्रै बस्न, विदेशबाट हालै नेपाल आएकाहरूसँग दूरी कायम गर्न, पटक–पटक साबुन पानिले हात धुन सुझाव दिँदै आएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले २ साताका लागि लकडाउन आज १२आंंै भएको पनि छ । सअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र देखिएका थिए ।