९ चैत, काठमाडौं । सत्तारुढ एमाले ओली पक्षबाट माधव पक्षीय नेता नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ ।
महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।
पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पु¥याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले सेतोपाटालई बताए ।
स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको समेत उनले बताए ।
पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको महासचिव पोखरेल निकट स्रोतले बताएको छ ।
गएको शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सो बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू मात्र सहभागी थिए ।
तर माधव पक्षयले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै कार्यकर्ता भेला र अन्य गतिविधि गरिरहेको छ ।