८ चैत, काठमाडौं । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित को सूचीमा रहेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’ मा छुट दिने निर्णय गरेको छ ।
होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले लकडाउन घोषणा गरेको अवधि २०७६ चैत ९ देखि २०७७ भदौ मसान्तसम्मको शतप्रतिशत डिमान्ड शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।
२०७७ असोज १ गतेदेखि २०७७ माघ मसान्तसम्मको डिमान्ड शुल्कमा भने ५० प्रतिशतले छुट दिने निर्णय सरकारले गरेको हो ।