Breaking News

सांसद पद गए पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसंग कुनै सम्झौता नगर्ने

८ चैत, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता एवं एमाले माधव पक्षका नेता राजेन्द्रकुमार राईले संस्थापन पक्षले गर्ने कारबाहीले कम्युनिस्ट आन्दोलन नरोकिने जवाफ फर्काएका छन् ।

नेता राईले सामाजिक सञ्जालमार्फत कारबाहीबाट जनप्रतिनिधि पद गए पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसंग कुनै सम्झौता नगर्ने उद्घघोष गरेका छन् ।

‘कारबाही हुन्छ, जनप्रतिनिधि पद नि जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता हुने छैन’, राईले लेखेका छन्, ‘न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ, त्यो राम्रोसँग थाहा छ र यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरै पटक जन्मिएका छन् तर पनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन रोकिएको छैन, रोकिने छैन ।

हिजो बालुवाटारमा सत्ताधारी एमाले संसदीय दल र केन्द्रीय समिति बैठकले विधान संशोधन गरेर प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली बनाए संगै ओलीले माधव नेपाल सहितका ४ जना नेतालाई स्पष्टीकरण सोध्ने बताएका छन् । सोही बैठकले ओलीलाई शक्तिशाली बनाउै अब एमालेले समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार दिएको छ । सोही बैठकको विषयप्रति टिप्पणी नेता राईले कारबाही गरे पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता नगर्ने बताएका हुन् ।

स्रोत :  राजेन्द्रकुमार राईको फेसबुकबाट

सांसद, राजेन्द्रकुमार राई