Breaking News

वरिष्ठ नेता पौडेलले आफू निकटका नेताहरुको भेला बोलाए

८ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको भेला बोलाएका छन् ।

प्राप्त स्रोतका अनुसार पौडेल निवास बोहराटारमा आज दिउंसो २ बजे भेला राखेको बुझिएको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको, प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाएको तथा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामहरू नभएकोमा ध्यानाकर्षण गराउन बैठक बोलाइएको स्रँेतको दाबी छ ।

गत साता पौडेलले महामन्त्री शशांक कोइराला निवासमा आफू निकटका नेताहरूको भेला गरेर प्रधानमन्त्रीबाट ओलीको विकल्प खोज्नुपर्ने बताएका थिए ।

बैठक सकेर उनले सभापति देउवालाई फोन गरेर सरकारको नेतृत्व कांग्रेसले लिने गरी माओवादी केन्द्र र जसपासंग कुराकानी गर्न भनेका थिए ।

तर देउवाले नयां सरकार बनाउन चासो देखाएका छैनन् । उनले परिस्थिति अनुकूल भइनसकेको र संसदमा अझै पनि ओली बहुमतमा रहेको बताउने गरेका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएकोले अहिले परिस्थिति परिपक्क भइनसकेको देउवाले सार्वजनिक कार्यक्रममा बोलिरहनु भएको छ ।