Breaking News

ओलीभन्दा प्रचण्ड पार्टी सञ्चालनका लागि केही अब्बल

६ चेत्र, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष तथा एमाले एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ७ गते बोलाएको केन्द्रीय समितिको बैठकमा जाने बताएका छन् ।

अखिल नेपाल किसान महासंघको भेलालाई आजर सम्बोधन गर्ने क्रममा उपाध्यक्ष गौतमले भोलि प्रधानमन्त्रीले बोलाएको पार्टीको केन्द्रीय समितिको बैठककमा आफू उपस्थित हुने र त्यसमा खनाल–नेपाल समूहका नेतालाई पनि सहभागी हुन आग्रह गरेका छन् ।

‘भोलिको बैठकमा सबै जाऔं । म पनि जान्छु । त्यहीँ गएर ओलीविरूद्ध लडौं, पार्टीमा सबैले गुटबन्दी बन्द गरौं । नेकपा फुट्यो, यस्तै ताल हो भने एमाले पनि फुट्छ । त्यसकारण हामीले यसलाई जोगाउनुपर्छ, गौतमले भने ।

उपाध्यक्ष गौतमका अनुसार पछिल्लो समय पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली जिम्मेवार ओली नै छन् । त्यसपछि प्रचण्ड हुन् । अब हामी पार्टी एक पार्न अगाडि बढेर लाग्नुपर्छ ।

सम्बोधनकै क्रममा गौतमले केपी ओलीसँग पार्टी सञ्चालनको कुनै पनि ज्ञान नभएको समते जिकिर गरे ।

केपी ओली जेलमा लामो समय बसेर एकैचोटी केन्द्रीय नेतृत्वमा पुगेको भन्दै उनले पार्टी सञ्चालनको कुनै ज्ञान नभएको दाबी समेत गौतमले गरे । लामो समय जेल बसेपछि एकै चोटी केन्द्रीय कमिटीमा पुग्नु भयो । त्यसैले उहाँसँग कुनै ज्ञान नै भएन । कार्यकर्ता संरक्षण र प्रवर्द्धनमा कुनै ज्ञान नभएको भन्दै पार्टी नेतृत्वका लागि ओलीभन्दा बरू प्रचण्डमा केही ज्ञान भएको तर्क
गरे । ओलीभन्दा प्रचण्ड पार्टी सञ्चालनका लागि केही अब्बल छन् । पार्टी सञ्चालनको ज्ञानका लागि म केपी ओलीलाई सयमा जिरो र प्रचण्डलाई १० नम्बर दिन्छु,’ उनले भने ।

उनले २०७५ जेठ ३ गते दुई पार्टी मिलेर नेकपा बनेपछि प्रधानमन्त्री ओलीमा कम्युनिष्ट सिद्धान्त बाहिरको चरित्र देखिएको पनि आरोप समेत लगाएका थिए ।

केपी ओलीमाथि लगातार खनिएका गौतमले ओलीसँग तिगडम र जालझेलभन्दा अरू केही नभएको बताए ।

उनले जालझेल तिगडम भन्दा केपी ओलीमा अरु केही नै नभएको दाबी गर्दै सरकार एक वर्ष राम्ररी चले पनि त्यसपछिको दुई वर्ष अराजकतामा बितेको बताए ।

एमाले उपाध्यक्ष, बामदेव गौतम