Breaking News

अरुलाई नैतिकता सिकाउने प्रधानमन्त्रीले चाहिँ नैतिकता देखाउनुपर्दैन

६ चैत्र,काठमाडौ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेकी छन् ।

नेतृ भुसकाले भनिन्, फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि प्रधानमन्त्रीले नैतिकता देखाउने अपेक्षा गरे पनि प्रधानमन्त्रीले मिचाहा प्रवृत्ति देखाएको उनले बताइन् ।

‘११ गतेको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिनेछ भन्ने अपेक्षा थियो’ उनले शुक्रबार प्रतिनिधिसभाको बैठकमा भनिन् ‘अहिले पनि जिताहा शासकजस्तो गरेर हिँड्ने कुराले आम नागरिकमा के पर्छ होला ?

उनले अघि भनिन् ‘यस्ता अनैतिक जिम्मेवारी नलिने, आत्मसमीक्षा नगर्ने मान्छेका कारणले राजनीति बदनाम छ । मान्छेहरुले राजनीति भनेपछि फट्याईँ नै हो भन्ने ठानेका छन् ।

नेतृ भुसालले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने नेतालाई आत्मसमीक्षा गर्न पनि आग्रह गरिन् ।

ओली नेतृत्वकै सरकारका तत्कालिन कानुनमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्दा एउटा शब्द गलत प्रयोग गरेको आधारमा राजीनामा दिएको र तत्कालिन सञ्चारमन्त्रीले कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएको स्मरण गर्दै उनले सोधिन् ‘प्रधानमन्त्रीले चाहिँ नैतिकता देखाउनुपर्दैन भनेर प्रति प्रश्न पनि गरेकी थिइन ।

नेतृ, पक्फा भुसाल