६ चैत, काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।
नेता बालकृष्ण खाँणले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले अब नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताए ।
यति ठूलो असंवैधानिक कदम चालेको र अदालतले उक्त कदम बदर गरेपछि प्रधानमन्त्रीले नैतिकता र जवाफ दिनुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न पर्छ कि पर्दैन ? यतातर्फ संसद गम्भीर रहोस् ।
सरकार संविधानकै जगमा उभिएको भन्दै उनले ओली सरकार बनेदेखि नै संविधानमाथि प्रहार भइरहेको बताए ।
‘विधिको शासन मान्छौं भन्ने संविधानबाद मान्छौं भन्ने अनि सरकारले गल्तीको महसुश नगर्ने ? सरकारले अग्रगमन गरेको छ कि प्रतिगमन गरेको छ सरकार र प्रधानमन्त्रीले संविधानमाथि हात राखेर सोच्नुस् ।