५ चैत, पोखरा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका यूवा नेता गगन थापाले स्याङ्जामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर अब सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसलाई आएको बताएका छन् । नेकपा असफल भएपछि अब त्यो जिम्मेवारी कांग्रेसमाथि आएको थापाको भनाइ थियो ।
नेता थापाले प्रधानमन्त्री ओलीलाई अब शासन चलाउन दिनु भनेको बाँकी रहेका संवैधानिक निकाय र संसदलाई पंगु बनाउनु भएको उनको भनाइ छ । ‘कांग्रेसले अब केपी ओलीलाई घर पठाउनुपर्छ । कांग्रेसले छोटो समयका लागि भए पनि सरकारको जिम्मा लिएर निर्वाचन गराउनुपर्छ ।
सुशासन, रोजगारी, स्वास्थ्यको क्षेत्रमा सुधार र बिग्रिएको संविधानलाई ठिक ठाउंमा ल्याउन पनि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनले दावी गरे । ‘संविधानभित्रको सन्तुलन जसरी गुमाइएको छ, त्यसलाई ठीक ठाउंमा ल्याउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आयो,’ थापाले भने ।
कांग्रेस नेतृत्वको सरकारले अब २ वर्ष गल्ती कमजोरी नगरीकन चुनावमा जानुपर्ने थापाको भनाइ थियो । ‘चुनावमा गएर जनतालाई भन्नुप¥यो । संविधान बनाऊ भन्नुभयो, बनायौं । नेकपाले सरकार चलाउन सकेन र अब कांग्रेसले चलाउंछ,’ थापाले भने, ‘नेकपा सरकारले रेल, पानीजहाज, हवाइअड्डा भनिरह्यो । कम्युनिस्ट सरकारको पालामा सपना अटायो, मान्छे अटाएन ।’
केही समय कांग्रेस सम्हालिएर सरकार चलाउनुपर्ने उनको भनाइ थियो । ‘संघको सरकार हामी चलाउँछौं, स्थानीय सरकारका साथीहरुले आआफ्नो ठाउँमा मिहिनेत गर्ने हो,’ थापाले भने, ‘यो निर्वाचनमा शानदार ढंगले निर्वाचनमा
जान्छौं । हिजो के ग¥यौं हेर्ने होइन, सच्चिएर जाने हो ।
हिजो बहुमत ल्याएको नेकपाले सरकार र पार्टी जोगाउन नसकेको अवस्थामा अबको बहुमत जोगाएर कांग्रेसले सरकार चलाउने थापाले बताए ।