काठमाडौं, ४ चैत । कोरोना महाकारीका कारण लम्बिएको नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । यस पालिको निर्वाचन प्रत्यक्ष प्रणाली अन्तर्गत हुने छ ।
यो पटक जिल्ला, प्रदेश, केन्द्र, एसोशिएट र प्रतिष्ठान शाखामा आवद्ध पत्रकार महासंघका सदस्यहरुले केन्द्रीय पदाधिकारी हरुलाई समेत मतदान गर्न पाइने विधानमा ब्यवस्था गरिएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार २५ गते हुने निर्वाचन सम्वन्धी सम्पूर्ण कार्यतालिका आउंदो चैत्र ७ गते सार्वजनिक गरिने बताइएको छ ।