४ चैत, काठमाण्डौ । नेकपा एमालेको नेपाल खनाल समूहको आज र भोलि राष्ट्रिय भेलामा पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् ।
भेलामा पुराना कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइरालासंगै मञ्चमा मैनाली पनि उपस्थित भएका हुन् ।
राधाकृष्ण मैनाली पुराना कम्युनिस्ट नेता हुन् । २०२८ मा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका ओली बहुदल आएसँगै २०४७ मा वाममोर्चाको कार्यवाहक अध्यक्ष बन्ने मौका पाए हुन मैनाली ।
एमालेमा रहंदा दुईपटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्री बनेका उनले राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषद्मा पनि ओलीले शिक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
त्यतिबेला एमालेले कारबाही गरेपछि माओवादीमा प्रवेश गरेका उनी त्यहां सम्मानजनक स्थान नपाएको भन्दै केही महिनाअघि फेरि एमालेमै फर्किएका थिए ।