३ चैत, काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सेयर बजार आंशिक रुपमा हरियो देखिएकोछ । बैंकिङ, होटल, फाइनान्स, उत्पादन लगायतका समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढ्दा समग्रमा नेप्से परिसूचक झिनो अंकले बढेको छ ।
आज सेयर कारोबार मापक नेप्से परिससूचक २ दशमलव ५६ अंकले बढेर २ हजार ३ सय ९१ दशमलव ७४ अंक्मा पुगेको छ । आइतबार ५१ अंकले बजार घटेको थियो भने सोमबार पनि दोहोरो अंकले नै बजार ओरालो लागेको थियो ।
समग्रमा बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छनै । आइतबारको तुलनामा सोमबार घटेको सेयर कारोबारको रकम मंगलबार पनि घटेको नै छ ।
दिनभर भएका ४६ हजार ५४० कारोबारबाट २१६ कम्पनीका ९० लाख १२ हजार ८५३ कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ पुगेको छ । आज भने कारोबार रकम ४ अर्ब भन्दा माथि पुगेको छ ।
केहि साता अघिसम्म दैनिक ९ अर्ब भन्दा माथिको कारोबार हुँदै आएको सेयर बजार नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि घट्दै आएको छ ।