कालिमाटी फलफुल तथा तरकारी बजारमा रहेका खुद्रा तथा साना किसानका पसल भोलिबाट बन्द हुने

कदर समाचार
२१ चैत,काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा तथा किसानको पसल भोलि शनिबारबाट बन्द गरिने भएको छ । उपभोक्ताको अत्याधिक चापलाई व्यवस्थित गर्न शनिबारबाट खुद्रा तथा किसानको पसल बन्द गरिने भएको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।
‘थोरै थोरै सामान लिन पनि धेरै मान्छे आउन थाले त्यही भएर हामीले खुद्रा पसल बन्द गर्ने निर्णय गरिएको हो ।
बजारमा थोक खरिद गरी कृषि उपज लिन आउने चारपांग्रे ढुवानी साधनलाई मात्र प्रवेश दिइने छ । फुटकर उपभोक्तालाई आआफ्नै क्षेत्रमा रहेका पसलबाट तरकारी किन्न अनुरोध गरिएको छ । त्यस्ता व्यक्तिलाई बजार प्रवेश गर्न दिइने छैन ।
साथै बजारको टङ्केश्वर तर्फको गेट पूर्ण रूपमा बन्द गरिएको छ ।
कोरोना भाइरस विरूद्धको निर्णय लागू गरेको नपाइए प्रचलित कानून बमोजिमा कारबाही कालिमाटी बजार समितिले बताएको छ ।
कालिमाटी बजार विकास समितिको १६ गते बसेको बैठकले थोक बिक्रीका लागि ल्याइएको बोरा, क्रेट प्याकेजिङलाई नखोली जस्ताको तस्तै मात्र बिक्री वितरण गर्ने तथा नेपाल बाहिरबाट आउने फलफूल तथा तरकारीजन्य कृषि उपजको बजार प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।